सांसद सोबिता गौतमको कडा आलोचना : “जनता सरकार र न्यायपालिका दुवैबाट असन्तुष्ट”

काठमाडौं, २०८२ जेठ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यायपालिका र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतले निष्पक्षताको सिद्धान्त उल्लंघन गर्दै प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेशी तोक्ने र सुनुवाई गर्ने गम्भीर आरोप लगाइन्।

उनले भनिन्, “सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन्, यो सत्य हो। संसद र सरकार राजनीतिक परिवेशबाट उदाएका संस्था भए पनि पछिल्लो समय अदालतमा अनौठो अभ्यास देखा पर्न थालेको छ।”

गौतमले प्रतिवादी पक्षलाई जानकारी नदिई मुद्दा तोक्नु, जबरजस्ती जानकारी दिएर प्रक्रिया अघि बढाउनु, र त्यसपछिको जानकारी आधारमा मात्रै मुद्दा हेर्ने जस्ता कार्यले न्यायको मूलभूत सिद्धान्तमाथि प्रहार गरेको बताइन्। उनले यो प्रकृति न्यायको घोर अपमान भएको बताउँदै, निष्पक्ष देखिनु मात्र होइन, निष्पक्ष हुनु आवश्यक भएको स्पष्ट पारिन्।

त्यस्तै, उनले पूर्वन्यायाधीशहरूको फोरमलाई न्यायालयको कार्यशैलीमाथि प्रश्न उठाउने बेला आएको बताउँदै न्यायिक सम्पादन हुनुअघि नै न्यायिक स्वतन्त्रता र निष्पक्षता समाप्त हुन थालेको चिन्ता व्यक्त गरिन्।

उनको भनाइ अनुसार, यस्ता कार्यशैलीहरूले नागरिकमा न्यायप्रतिको विश्वास गुमाउँदै लैजाने खतरा उत्पन्न गरेको छ र यसको विरुद्धमा जागरुक प्रतिरोध आवश्यक छ।

सांसद गौतमको यस भनाइले न्यायपालिका सुधार र पारदर्शितामाथि पुनः बहस चर्काउने संकेत गरेको छ।

https://www.facebook.com/61559271513643/videos/706177798438825

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.