रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाईने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने पनि बताए । 

उनले लेखेका छन्,‘आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन मनाउँछौं। वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्। जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइन्छ। प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइन्छ। सबैलाई जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना !’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.