सुन्दरीजलमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको उद्धार, उपचारका लागि अस्पताल पठाइयो

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती नदीको बोक्सीदह क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार अपराह्न ३:३९ बजे सुन्दरीजलको बोक्सीदह क्षेत्रमा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली तथा नेपाली सेनाको उद्धार टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजीका क्रममा ती व्यक्तिलाई अचेत अवस्थामा नदीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धारपछि तत्काल उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.