‘सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’: सुशीला कार्की

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको सन्दर्भमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन, जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्न सरकार तथा राजनीतिक नेतृत्वलाई आग्रह गरेकी छन्।

भदौ २३ गते फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै कार्कीले आन्दोलनका क्रममा जनधन तथा राष्ट्रिय सम्पदामा क्षति पुगेको उल्लेख गर्दै त्यस्तो अवस्था फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन्।

उनले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’ भन्दै राजनीतिक स्थायित्व संसदीय गणितसँगै शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने धारणा व्यक्त गरेकी छन्।

कार्कीले भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएकी छन्।

साथै, भोटेकोसी बाढीको वर्तमान अवस्थालाई उल्लेख गर्दै उनले विपद्को सामना गर्न धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न नागरिकलाई आग्रह गरेकी छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.