“अदालतका झोले न्यायाधीश” भनेपछि प्रभु साहविरुद्ध मुद्दा दर्ता
प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दामा आइतवार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो । रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भु प्रसाद…
