राजनिति

“ऊर्जाशील जवानीमा राजनीति गरिनँ, अब किन गरूँ?” – राधिका शाक्य

“ऊर्जाशील जवानीमा राजनीति गरिनँ, अब किन गरूँ?” – राधिका शाक्य

निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् ।सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् ।उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन ।…
Read More
सांसद सोबिता गौतमको कडा आलोचना : “जनता सरकार र न्यायपालिका दुवैबाट असन्तुष्ट”

सांसद सोबिता गौतमको कडा आलोचना : “जनता सरकार र न्यायपालिका दुवैबाट असन्तुष्ट”

काठमाडौं, २०८२ जेठ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यायपालिका र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतले निष्पक्षताको सिद्धान्त उल्लंघन गर्दै प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेशी तोक्ने र सुनुवाई गर्ने गम्भीर आरोप लगाइन्। उनले भनिन्, "सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन्, यो सत्य हो। संसद र सरकार राजनीतिक परिवेशबाट उदाएका संस्था भए पनि पछिल्लो समय अदालतमा अनौठो अभ्यास देखा पर्न थालेको छ।" गौतमले प्रतिवादी पक्षलाई जानकारी नदिई मुद्दा तोक्नु, जबरजस्ती जानकारी दिएर प्रक्रिया अघि बढाउनु, र त्यसपछिको जानकारी आधारमा मात्रै मुद्दा हेर्ने जस्ता कार्यले न्यायको मूलभूत सिद्धान्तमाथि प्रहार…
Read More
प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयक र भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयक र भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ । मंगलबारदेखि सुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भइसकेको छ । त्यस्तै, आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,…
Read More
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो :  प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो :  प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन् । अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे। ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,’ उनले भने । उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल…
Read More
एमालेको ‘युथ सेलिब्रेशन’ भोलि काठमाडौंमा: ४० वर्षमुनिका एक लाख युवा सहभागी हुने तयारी

एमालेको ‘युथ सेलिब्रेशन’ भोलि काठमाडौंमा: ४० वर्षमुनिका एक लाख युवा सहभागी हुने तयारी

काठमाडौं, १० वैशाख — नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम वैशाख ११ गते राजधानी काठमाडौंमा हुने बताइएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै एमाले निकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले यो कार्यक्रम ऐतिहासिक लोकतान्त्रिक उपलब्धिको उत्सवका रूपमा मनाउन लागिएको बताए। उनका अनुसार, कार्यक्रममा एमालेभित्र सक्रिय रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने लक्ष्य लिइएको छ। थेवेले भने, “लोकतन्त्र प्राप्तिको ऐतिहासिक क्षणलाई नेपाली युवाले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सव मात्र होइन, उत्सवहरूको पनि महाउत्सव हो। हामी यो अवसरलाई उन्नत लोकतन्त्र स्थापना गर्ने संकल्पको रुपमा लिनेछौं।” उनले…
Read More
दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा

काठमाडौं, १० वैशाख — चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा पक्राउ परेका २४ जनालाई जिल्ला अदालत काठमाडौंले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बुधबार जानकारी दिँदै राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका कारण अदालतले थप हिरासतको अनुमति दिएको बताए। प्रहरीका अनुसार दुर्गा प्रसाईं, रवीन्द्र मिश्र लगायत २४ जना प्रदर्शनकारीमाथि राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ। हिरासतमा रहेका अन्य व्यक्तिहरुमा पुष्कर खतिवडा, गोपाल मल्ल, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु चौलागाईं, मनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त…
Read More
मेलम्चीको योजना हेरेर थाकियो, अब म लाग्छु श्रमदानमा” — हर्क साम्पाङ

मेलम्चीको योजना हेरेर थाकियो, अब म लाग्छु श्रमदानमा” — हर्क साम्पाङ

काठमाडौँ  । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङ र प्रधानमन्त्री  केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्  । उनले भने,‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।’ खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय…
Read More
लोकतन्त्रको अनुभव भएको छैन’ : मेयर हर्क साम्पाङको सिंहदरबारप्रति प्रश्न

लोकतन्त्रको अनुभव भएको छैन’ : मेयर हर्क साम्पाङको सिंहदरबारप्रति प्रश्न

काठमाडौं, चैत २४ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेपालको वर्तमान राजनीतिक अभ्यासप्रति गम्भीर प्रश्न उठाउँदै आफूले लोकतन्त्रको अनुभव नगरेको बताएका छन्। आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यको संरचना र व्यवहारमा गहिरो असन्तुष्टि व्यक्त गरे। उनले जनताको सार्वभौमिकताको सवाल उठाउँदै भने, “लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ, तर मैले अझै लोकतन्त्रको अनुभव पाएको छैन।” सिंहदरबार पुग्न समेत सेटिङ गर्नुपर्ने अवस्थालाई लिएर उनले व्यंग्यात्मक टिप्पणी गरे। “भोली सिंहदरबार जानुपर्ने छ, तर त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेछ। मलाई त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छन्?” उनले प्रश्न गरे। साम्पाङले दलगत स्वार्थ र लविङप्रति पनि आलोचना गर्दै भने, “हामी…
Read More
राष्ट्रियसभाको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

राष्ट्रियसभाको बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) अपराह्न १२ः१५ बजे बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१,’ ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक…
Read More
प्रचण्डको घोषणा: ‘२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन’

प्रचण्डको घोषणा: ‘२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन’

पर्सा, नेपाल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा व्यक्त गरे। अध्यक्ष प्रचण्डले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए। उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालिएको उल्लेख गर्दै, मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकता नपाएका युवाहरूको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। आर्थिक विकासलाई तीव्र गति दिन र सुशासन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.