राजनिति

ललितपुर–२ मा एमाले उम्मेदवारको जमानत जफत हुने दाबी

ललितपुर–२ मा एमाले उम्मेदवारको जमानत जफत हुने दाबी

ललितपुर । नेकपा एमाले ललितपुर जिल्लाका नेता सरोज सिंह डङ्गोलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीति फागुन २१ गतेपछि पूर्ण रूपमा समाप्त हुने कडा चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा डङ्गोलले ओलीको घृणित स्वभाव, तानाशाही सोच र चरम दम्भका कारण एमाले आज गहिरो राजनीतिक सङ्कटमा फस्दै गएको दाबी गरे। ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का नेता डङ्गोलले हाल एमालेबाट जसरी पनि टिकट हात पारेका उम्मेदवारहरूलाई “ओलीका अन्ध समर्थक र दास”को संज्ञा दिँदै उनीहरूसँग जनताका सवालमा बोल्ने कुनै हैसियत नरहेको आरोप लगाए। उनका अनुसार ती उम्मेदवारहरू एजेन्डाविहीन छन् र चुनाव जित्ने नाममा केवल ओलीलाई शक्तिशाली बनाउने काममा मात्र सीमित छन्। डङ्गोलले ललितपुरका…
Read More
पूर्व सञ्चारमन्त्री जगदीश खरेल रास्वपामा प्रवेश, ललितपुर–२ बाट उम्मेदवारी दर्ता

पूर्व सञ्चारमन्त्री जगदीश खरेल रास्वपामा प्रवेश, ललितपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कार्यवाहक सरकारको मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गरेको भोलिपल्टै खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। तर खरेलको ललितपुर–२ मा आकस्मिक प्रवेशले पार्टीभित्रै असन्तोष सिर्जना गरेको छ। यसअघि सोही निर्वाचन क्षेत्रबाट रास्वपाको उम्मेदवार बन्ने दौडमा बुद्धरत्न महर्जन थिए। महर्जनलाई पछि पार्दै खरेलले टिकट पाएपछि पार्टीको स्थानीय कमिटीमा असन्तुष्टि देखिएको बताइएको छ। खरेलले ललितपुर–२ को टिकट पाएपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मन्त्री बन्नुअघि उनी नेपाली कांग्रेसका सक्रिय नेता थिए। खरेलको पार्टी…
Read More
महेश बस्नेतमाथि प्रत्यक्ष चुनावी हमला, शोभा पाठकको उम्मेदवारी

महेश बस्नेतमाथि प्रत्यक्ष चुनावी हमला, शोभा पाठकको उम्मेदवारी

काठमाडौं । एमालेका प्रभावशाली नेता महेश बस्नेतको क्षेत्र मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक र कडा बन्ने संकेत देखिएको छ। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले राज्यका निकायहरूले अन्यायको आवाज नसुनेपछि अब संसदभित्रै गएर प्रश्न उठाउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताइन्। उनले भनिन्, ‘हिजोसम्म म सडकमा उभिएर अन्यायविरुद्ध बोल्दै आएको थिएँ। तर सरकारका निकायहरूले सुनेनन्। त्यसैले अब सदनमै गएर आवाज उठाउनुपर्छ भन्ने निष्कर्षमा पुगेँ र उम्मेदवारी दर्ता गराएकी हुँ।’ महेश बस्नेत लामो समयदेखि भक्तपुर–२…
Read More
रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् । ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् । उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५…
Read More
काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्। राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् । उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देखिएको उनले आरोप लगाए। कार्कीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५…
Read More
आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। माघ ६ गते अर्थात मंगलबार दिनको १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै समय तोकेको छ। तोकिएको समयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले अपराह्न २ बजे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अपराह्न २ः३० बजे, नेपाल कम्युनिस्ट पार्टीले अपराह्न ३ बजे र नेपाली काँग्रेसले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्नेछन्। उम्मेदवारी दर्ताका क्रममा आवश्यक पर्ने कागजातबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिलाई मनोनयन पत्रसहित प्रस्तुत गर्नुपर्ने सम्पूर्ण…
Read More
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै

राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ। निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ। राप्रपाले झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ भने काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्र, काठमाडौं ५ बाट कमल थापा र काठमाडौं–३ बाट डा. सुन्दर सिंह बोहोरालाई उम्मेदवार बनाएको छ। यसैगरी उपत्यकासहित प्रमुख…
Read More
कांग्रेसको उम्मेदवार छनोट अन्तिम चरणमा, एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वान

कांग्रेसको उम्मेदवार छनोट अन्तिम चरणमा, एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले समय र प्रक्रियागत बाध्यताबीच पनि पार्टीले समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका हुन्। सभापति थापाले उम्मेदवार छनोटलाई व्यक्तिगत विषय नभई पार्टीको साझा अभियानका रूपमा बुझ्न आग्रह गर्दै सबै नेता–कार्यकर्तालाई एकढिक्का भएर लाग्न आह्वान गरे। उनले भोलिदेखि आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय रूपमा खटिन निर्देशन दिए। पार्टीको एकता, अनुशासन र सामूहिक प्रयासबाट मात्रै चुनावी चुनौती सामना गर्न सकिने उल्लेख गर्दै थापाले संगठनलाई बलियो बनाउँदै निर्वाचनमा सफलता हासिल गर्ने लक्ष्यमा केन्द्रित…
Read More
लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।
Read More
मेयर पदबाट बालेन शाहको राजीनामा, महानगरमा नेतृत्व परिवर्तन

मेयर पदबाट बालेन शाहको राजीनामा, महानगरमा नेतृत्व परिवर्तन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले आइतबार उपमेयर सुनिता डंगोलमार्फत नगर प्रमुख पदबाट राजीनामा बुझाएका हुन्। मेयर शाहले पेश गरेको पत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख छ। उनले मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी राजीनामा प्रभावकारी हुने जनाएका छन्। राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिका र नगरवासीको हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह तथा विकास यात्रालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सफलताको शुभकामना व्यक्त गरेका छन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.