समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीहरूलाई सघाउन एनआरएनए तत्पर : अध्यक्ष डा.शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीहरूलाई सघाउन एनआरएनए तत्पर : अध्यक्ष डा.शर्मा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् । गैर आवासीय नेपाली संघ युकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको बताए। उनले स्वास्थ्य बिमा नभएको मुलुकमा विद्यार्थीहरूलाई बिमा गरेर जाने व्यवस्था गर्न…
Read More
प्रेस युनियनले विधान सभा गर्ने, सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग

प्रेस युनियनले विधान सभा गर्ने, सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग

काठमाडौं । नेपाल प्रेस युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संगठन सुदृढीकरणदेखि पत्रकारका श्रम अधिकार र प्रेस स्वतन्त्रतासम्मका विविध विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । युनियनले आफ्नो विधानलाई समयसापेक्ष र समावेशी बनाउन संशोधन प्रक्रिया अघि बढाउँदै विधान मस्यौदामाथि जिल्ला र प्रदेश तहमा छलफल गर्ने र स्थापना दिवसको अवसरमा विधान सभा आयोजना गर्ने जनाएको छ । प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिअनुसार युनियनले संगठनलाई थप गतिशील र प्रभावकारी…
Read More
प्रशासनिक जटिलता हटाउन सरकारको पहल, अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रशासनिक जटिलता हटाउन सरकारको पहल, अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन,‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको छ । २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्नु पठाएको हो ।’ उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको बताए ।उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन यो अध्यादेश ल्याइएको बताए । उनले लेखेका छन्, ‘सार्वजनिक सरोकारका निर्णयहरू…
Read More
अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र समयबद्ध रूपमा डिजिटल प्रणालीमार्फत मात्र सञ्चालन हुनेछन् । विभागले जारी गरेको परिपत्र अनुसार यो व्यवस्थालाई दुई चरणमा कार्यान्वयन गरिनेछ । विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका र भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरूका लागि सरकारले बुधबार देखिनै अनलाइन प्रणाली अनिवार्य गरिसकेको छ । त्यस्तै,…
Read More
जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । बुधबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर संरचनामा पुनरावलोकन गरी तत्काल जनतालाई राहत दिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले अभियान कुनै व्यक्ति विशेष वा राजनीतिक लक्षित नभई पेट्रोलियम पदार्थमा लाग्ने कर संरचना ९६ कर माफ अभियान० मा केन्द्रित रहेको स्पष्ट पारेको थियो । जेन्जी अगुवा ढुङ्गानाका अनुसार पेट्रोल आयात गर्दा विभिन्न शीर्षकमा कर लगाइँदै आएको छ । जसअनुसार भन्सार महसुल, प्रदूषण शुल्क, हरित कर, पूर्वाधार…
Read More
सरकारको निर्देशन: सरुवा भएका कर्मचारी तुरुन्त हाजिर हुनुपर्ने, नआए कारबाही

सरकारको निर्देशन: सरुवा भएका कर्मचारी तुरुन्त हाजिर हुनुपर्ने, नआए कारबाही

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न तहमा सरुवा तथा खटाइएका कर्मचारीहरूलाई तत्काल कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार पठाइएका कर्मचारीलाई सम्बन्धित कार्यालयले तुरुन्त हाजिर गराउनुपर्ने र सरुवा भएर गएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ। यसै क्रममा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय लगायतका संघीय मन्त्रालयहरू तथा कोशी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूबाट विवरण माग गरेको जनाएको छ। साथै मुड्केचुला गाउँपालिका सँग पनि विवरण माग गरिएको छ। सूचनामा कर्मचारीहरूलाई ३ दिनभित्र अनिवार्य रूपमा नयाँ कार्यस्थलमा हाजिर हुन…
Read More
सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न सुनिता डंगोलको निर्देशन

सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न सुनिता डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् । थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएका हुन् । आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेका थिए । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ । नदी किनाराका…
Read More
स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली

स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय दलका उपनेता गणेश पराजुलीले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएपनि व्यवहारमा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले स्थानीय तह कमजोर बनेको बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गर्दै संविधानमार्फत तीन तहको सरकार निर्माण गरिएको स्मरण गराए । उनले भने, ‘बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीच सामाजिक, सांस्कृतिक एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै संविधानमार्फत हामीसँग तीन तहको सरकार बनेको छ । तीन तहको सरकारमध्ये स्थानीय तहलाई जवाफदेही र प्रभावकारी कसरी…
Read More
अवैध संरचना हटाउने क्रममा मानवीय व्यवहार अपनाइने : कार्यवाहक नगर प्रमुख डंगोल

अवैध संरचना हटाउने क्रममा मानवीय व्यवहार अपनाइने : कार्यवाहक नगर प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामित्वका जग्गाको संरक्षण गर्दा मानव अधिकारका न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै काम गरिरहेको उल्लेख गरेकी हुन् । ‘काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा तथा अरूको नीजि स्वामित्वमा रहेको जग्गा संरक्षण गर्ने कार्य गर्दा मानव अधिकारको न्यूनतम मूल्य तथा मान्यतालाई समेत आत्मसात् गर्दै कार्य सम्पादन गर्दै आइरहेको छ,’ उनले लेखेकी छन् । उनका अनुसार नेपाल सरकारको हालैको निर्णय तथा…
Read More
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङ तर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.