पत्रकार महासंघ विवादमा, केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौं । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ । नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचन नजिकिदै गर्दा महासंघ विवादमा फसेको हो । विधि, विधान र प्रक्रियाविपरीत केन्द्रीय समितिले सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप विभिन्न जिल्ला शाखा र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन् । त्यसलगत्तै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरुले पनि साथ दिएका छन् ।…
