आज विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं।
आज फेब्रुअरी १३ का दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या र अनुकूलनका उपायबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।

सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवस मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसङ्घीय महासभाले यस प्रस्तावलाई २०१२ मा अनुमोदन गरेपछि हरेक वर्ष फेब्रुअरी १३ का दिन यो दिवस विशेष कार्यक्रमसहित मनाइँदै आइएको छ।

रेडियोलाई लोकतान्त्रिक बहस र जनचेतना अभिवृद्धिका लागि एक शक्तिशाली माध्यम मानिन्छ। अन्य सञ्चार माध्यमको तुलनामा रेडियो सबैभन्दा बढी पहुँच र श्रोतासम्म पुग्न सक्ने माध्यम हो।

रेडियोले समाजमा विविधता झल्काउन, एकता कायम गर्न, सीमान्तकृत समुदायको आवाजलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस माध्यमले विशेषगरी ग्रामीण भेगका मानिसहरूलाई सूचना, शिक्षा र मनोरञ्जनको पहुँचमा पुर्याउँदै उनीहरूको जीवनस्तर उकास्न योगदान दिएको छ।

विश्व रेडियो दिवसका अवसरमा नेपालमा पनि रेडियो स्टेशनहरूले विशेष कार्यक्रम तथा जनचेतनामूलक सामग्री प्रसारण गर्दै रेडियोको महत्त्व र योगदानबारे सचेतना फैलाइरहेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.