खपिन्छें न्यौट चोकमा आज साँझ श्रद्धाञ्जली कार्यक्रम

ललितपुर । भ्रष्टाचारविरुद्ध सुशासन र स्वाधीनताको लागि Gen-Z को अगुवाइमा सुरु भएको आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्झनामा आज साँझ ५ बजे ललितपुर महानगरपालिका स्थित खपिन्छें न्यौट चोकमा श्रद्धाञ्जली सभा हुने भएको छ।

गत भदौ २३ गते (सेप्टेम्बर ८) देखि देशव्यापी रूपमा सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरूको स्मरण, बलिदानको कदर र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरिएको आयोजक समितिले जनाएको छ।खपिन्छें टोल सुधार समितिको आयोजनामा हुने सो कार्यक्रममा सम्पूर्ण टोलवासीसँगै नेपाली जनतालाई समेत उपस्थित हुन आह्वान गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.