युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ
धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् । पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ । गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए । सोही…
