ललितपुरका केही स्थानमा २ घण्टा बत्ती जाने

ललितपुर । नेपाल बिधुत प्राधिकरणले ललितपुरको केही क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।

पुल्चोक वितरण केन्द्र अन्तर्गतको यूएन पार्क फिडरमा पर्ने शंखमुल, यूएन पार्क र शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रहरूमा बिधुत सेवा बन्द हुने भएको हो। प्राधिकरणका अनुसार उक्त क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएकोले विद्युत आपूर्ति अवरुद्ध गर्न लागिएको हो।

यस अवधिमा सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई असुविधा हुने भएकोले वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले अनुरोध गरेको छ। विद्युतीय तार भूमिगत गर्ने कार्य सम्पन्न भएपछि नियमित विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.