ललितपुरमा स्मार्ट ट्राफिक लाइट ३६५ दिन अनवरत सञ्चालनमा

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरमा जडान गरिएका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका छन् ।

आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका हुन् ।

उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं र सञ्चालनमा ल्यायौं । संचालनमा ल्याउनै गार्हो तर प्राविधिक रुपमा यसलाई उद्घाटन गरिसकेपछि यसलाई कार्यान्वयन गर्न पनि केही समस्याहरु आए । तर अब स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै अनवरत र श्रृखलाबद्ध रुपले चल्ने भएको छ । बन्द हुँदैन र निभ्दैन् ।’

साथै उनले सुरुसुरुमा स्मार्ट ट्राफिक लाइटले काम गर्छ या गर्दैन भन्ने ठूलै शंका समेत लागेको बताए । उनले स्मार्ट ट्राफिक लाइटको नियमलाई बस सञ्चालकहरुले नियम मान्छन् की मान्दैनन् भन्ने सबैभन्दा ठूलो डर पैदा भएको समेत उल्लेख गरे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.