ललितपुरमा महिला उद्यमी सम्मेलन २०८२ आयोजना हुने, सहभागीताका लागि आवेदन आह्वान

ललितपुर – ललितपुर महानगरपालिकाले २०८२ साल जेठ महिनाको अन्तिम हप्तामा बृहत् महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ। महानगरपालिका भित्र उद्यम व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त सम्मेलनमा सहभागी हुन इच्छुकहरुका लागि आवेदन खुला गरिएको छ।

महानगरपालिकाको महिला विकास शाखाले एक सूचना जारी गर्दै जेष्ठ ६ गते मंगलबार भित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न आह्वान गरेको हो। तोकिएको समयभित्र आवेदन नदिने उद्यमीहरुलाई सम्मेलनमा सहभागी नगराइने शाखाले स्पष्ट पारेको छ।

आवेदनका लागि उद्योग व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र तोकिएको दरखास्त फारम आवश्यक पर्नेछ। दरखास्त फारम महिला विकास शाखाबाट प्राप्त गर्न सकिनेछ भने अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। अनलाइन आवेदनका लागि सूचनामा उपलब्ध गराइएको QR कोड स्क्यान गर्न सकिनेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.