कान्ति लोकपथमा अस्थायी रुपमा सवारी आवागमन रोक

ललितपुर |
आगामी दिनमा मनसुनी गतिविधि सक्रिय हुने पूर्वानुमानसँगै कान्ति लोकपथमा सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म बागमती प्रदेशमा उच्च मात्रामा वर्षा हुने सम्भावना रहेको चेतावनी दिएको छ। सोही कारण यसअघि मिति २०८२ असोज ७ गतेसम्म जारी गरिएका सबै सूचना खारेज गर्दै नयाँ प्रावधान लागू गरिएको हो।

व्यवस्था अनुसार वर्षाका कारण सडकमा जोखिम देखिएमा स्थानीय सुरक्षा निकायले तत्काल सवारी आवागमन रोक्नेछन् र सवारी साधनलाई सुरक्षित स्थानमा पार्किङ गर्नुपर्नेछ।

साना सवारी साधन (चार चक्केसम्म) मात्र तोकिएको समयमा सञ्चालन गर्न पाइनेछ।

  • मकवानपुरबाट ललितपुर प्रवेश गर्ने सवारी साधनले बाग्मती गाउँपालिका–२, बगुवा मार्ग प्रयोग गरी बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन गर्न सक्नेछन्।
  • ललितपुरबाट मकवानपुर प्रस्थान गर्ने सवारी साधनले गोदावरी नगरपालिका–६, टिकाभैरव मार्ग प्रयोग गरी बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म चल्न सक्नेछन्।

ठूला सवारी साधन (चार चक्केभन्दा बढी) भने पूर्णरूपमा सञ्चालनमा रोक लगाइएको छ।

सडकमा सम्भावित दुर्घटना तथा क्षतिको जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायले अत्यावश्यक बाहेक अन्य सवारी साधन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.