पाटन दरबार क्षेत्र सवारी–निषेध

ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रमा सवारी–निषेध अवधिको परीक्षण लागू गरेको छ। मङ्सिर १३ गते देखि लागू हुने यो व्यवस्था अन्तर्गत हरेक बुधबार र शनिबार दिउँसो १ः०० बजेदेखि ६ः०० बजेसम्म कुनै पनि सवारी साधनलाई क्षेत्रमा प्रवेश गर्न नपाइने महानगरले जनाएको छ।

महानगरका मेयर चिरी बाबु महर्जनले जारी भिडियो सन्देशमार्फत यस पहलको उद्देश्यबारे जानकारी दिँदै ऐतिहासिक क्षेत्रलाई पैदल यात्रीमैत्री बनाउने, यातायात जाम कम गर्ने, र सम्पदा क्षेत्रको सौन्दर्य तथा अनुभवमा सुधार ल्याउने मुख्य लक्ष्य रहेको बताएका छन्।

यस परीक्षणलाई सफल बनाउन महानगरले स्थानीयवासी, व्यवसायी तथा आगन्तुक सबैलाई सहकार्य र सहयोग गरिदिन अनुरोध गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.