सूचना तथा सञ्चार मन्त्री खरेलद्वारा ललितपुर सम्पदा क्षेत्र तथा कलाकार अरनिकोको जन्मस्थल ओकुबहालको अवलोकन

ललितपुर । सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले आज ललितपुर महानगरपालिका–६ का विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको निरीक्षण तथा अवलोकन गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री खरेलले विश्वप्रसिद्ध कलाकार तथा वास्तुकार अरनिकोको जन्मस्थल मानिने ओकुबहालको समेत अवलोकन गर्नुभयो।

स्थानीय सरोकारवालासँगको भेटघाटमा मन्त्री खरेलले सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापन राज्यको प्राथमिकता भएको बताए। उहाँले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र समन्वय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्पदा जोगाउन स्थानीय तह, समुदाय र सरकारबीच सुदृढ साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो।

निरीक्षणका क्रममा मन्त्री खरेलले ओकुबहाल तथा आसपासका सम्पदा क्षेत्रहरूको ऐतिहासिक महत्व, संरचनाको वर्तमान अवस्था तथा सम्भावित संरक्षण रणनीतिबारे सुझावहरू संकलन गर्नुभएको थियो।

सम्पदा संरक्षणलाई ‘हाम्रो गर्व—हाम्रो जिम्मेवारी’ भन्दै मन्त्री खरेलले सांस्कृतिक पहिचान जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

https://www.facebook.com/share/v/1N6sn3sq7E

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.