कान्ति राजमार्गको ६० दिनका लागि आंशिक बन्द

ललितपुर, २०८२ मंसिर १८—
कान्ति राजमार्ग सडक योजनाअन्तर्गत ललितपुर–मकवानपुर जोड्ने मुख्य मार्गमा ६० दिनसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सार्वजनिक सूचनामार्फत मंसिर २० गतेदेखि माघ १८ गतेसम्म रोजाना बिहान ११ बजेदेखि बेलुका ५ बजे सम्म सडक बन्द रहने जनाएको छ।

एकान्तकुना–बकैया सडक खण्डअन्तर्गतको च.नं. १३४ को पत्रका अनुसार मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ सीमात खोला घुम्ती, ललितपुर जिल्लाको बागमती गाउँपालिका–२ तामाखानी तथा पाङदुर भिर, र बागमती गाउँपालिका–३ कार्किबास आसपासका क्षेत्रमा Road Widening तथा Cutting कार्य तीव्र रूपमा भइरहेको छ। जोखिमयुक्त भू–भागमा निरन्तर कटान तथा चौडाइ बढाउने काम भइरहेकोले कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न लामो अवधि सवारी रोक मोडेल अपनाइएको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सो समयावधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरूलाई अनिवार्य रूपमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। निर्माण कार्यका कारण यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै दैनिक ६ घण्टा पूर्ण रूपमा सडक अवरुद्ध गरिनेछ।

प्रशासनले यात्रुहरूलाई यात्रा योजना मिलाएर वैकल्पिक बाटो रोज्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.