ललितपुरमा सत्यमोहन जोशी मार्ग पुनःकालोपत्रे गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

ललितपुर महानगरपालिकाले वडा नम्बर २० अन्तर्गत नः टोलदेखि गावहालसम्म पर्ने सत्यमोहन जोशी मार्गमा ढल निर्माणका क्रममा बिग्रिएको सडक पुनःनिर्माण गर्ने भएको छ। महानगरपालिकाले सो सडकमा कालोपत्रे गर्ने कार्य सुरु गर्न लागिएको जानकारी दिएको छ।

महानगरपालिकाका अनुसार उक्त सडकको पुनःनिर्माण कार्य मच्छिन्द्रनाथको जात्रा सुरु हुनुअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक पुनःनिर्माणको काम सञ्चालन हुने अवधिभर सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन, पैदलयात्रु तथा स्थानीय बासिन्दालाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

महानगरपालिकाले निर्माण कार्य सहज रूपमा सम्पन्न गर्नका लागि स्थानीय बासिन्दा तथा सरोकारवाला सबैलाई सहयोग तथा सहजीकरण गर्न पनि आग्रह गरेको छ।

यस सम्बन्धमा महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक पुनःनिर्माण अवधिभर ट्राफिक व्यवस्थापनका लागि आवश्यक समन्वय गरिने जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.