ललितपुर । नकबजनी चोरी मुद्दामा सजाय भोग्दै आएका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरी कारागार पठाएको छ।
मिति २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा नख्खु कारागार बाट फरार भएका जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं सुकेधारा बस्दै आएका २५ वर्षीय प्रकाश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो बाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ वैशाख ५ गते ललितपुर महानगरपालिका–३ सानेपाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नख्खु कारागार मा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार अभियुक्तहरूको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइएको छ।
