GenZ आन्दोलनमा क्षतिग्रस्त चापागाउँ प्रहरी भवन पुनर्निर्माण शुरु, २ करोड ५० लाखको शिलान्यास सम्पन्न

प्रदेश सरकार, गोदावरी नगरपालिका र स्थानीय नागरिकको संयुक्त पहलमा बागमती प्रदेशको बहुवर्षीय बजेटबाट २.५ तल्लाको आधुनिक भवन बन्ने

ललितपुर — GenZ आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त चापागाउँ, ललितपुरको कार्यालय भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम हालसालै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, गोदावरी नगरपालिका र स्थानीय नागरिकहरूको संयुक्त सहयोगमा २ करोड ५० लाख रुपियाँ अनुमानित लागतमा उक्त भवन निर्माण गरिने भएको छ।

प्रहरी वृत्त चापागाउँको कार्यालय भवन पुनःनिर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। GenZ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त भवन प्रदेश सरकार, गोदावरी नगरपालिका तथा स्थानीय नागरिकहरूको सहकार्यमा पुनःनिर्माण हुन लागेको हो।

करिब २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको २.५ तल्ले आधुनिक भवन प्रदेश सरकारको बहुवर्षीय बजेट अन्तर्गत निर्माण गरिने जनाइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (प्र.ब.उ) होबिन्द्र बोगटीको समुपस्थितिमा आयोजित कार्यक्रममा बागमती प्रदेशका माननीय मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन तथा प्रहरी वृत्त चापागाउँकी प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) शिला थापाले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणसँगै प्रहरी सेवाको गुणस्तरमा सुधार आउने, सेवा प्रवाह थप प्रभावकारी हुने र स्थानीय बासिन्दाहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तह, प्रदेश सरकार र नागरिकहरूको सहकार्यमा अघि बढेको यस परियोजनाले चापागाउँ क्षेत्रको सुरक्षा संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

– ललितपुर सन्देश

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.