ललितपुर महानगरपालिकामा सुकुमबासी समस्या नरहेको दाबी

ललितपुर महानगरपालिकामा प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सुकुमबासी समस्या नरहेको दाबी गरेका छन्।उनले रातोपाटिका समाचार सम्पादक फणीनन्द्र नेपाल सँग फोन संवादमा देशभर सुकुमबासी व्यवस्थापनको काम तीव्र रूपमा अघि बढिरहेका बेला ललितपुर महानगर भने शान्त देखिनुको कारण यही भएको उनले स्पष्ट पारे।

उनका अनुसार, ललितपुर महानगरको ३६.२ वर्ग किलोमिटर क्षेत्रभित्र सुकुमबासी बसोबास नगरेको हुँदा अन्य ठाउँजस्तो हटाउने वा स्थानान्तरण गर्ने ‘अपरेसन’ आवश्यक परेन। तर, ललितपुर जिल्लाका अन्य पालिकामा भने केही समस्या हुन सक्ने उनले संकेत गरे।

सुकुमबासी व्यवस्थापनका लागि सरकारद्वारा सुरु गरिएको वर्तमान अभियानलाई महर्जनले सकारात्मक कदमका रूपमा लिएका छन्। उनले वास्तविक सुकुमबासीलाई संविधानले दिएको अधिकारबाट वञ्चित गर्न नहुनेमा जोड दिँदै, पहिचान र व्यवस्थापन प्रक्रिया वैज्ञानिक र न्यायपूर्ण हुनुपर्ने बताए।

काठमाडौँ महानगरका प्रमुख बालेन शाह ले अघिल्लो समयमा सुकुमबासी हटाउन प्रयास गर्दा सरकारी सहयोग नपाएको प्रसङ्ग उल्लेख गर्दै, अहिले भने सरकार स्वयं सक्रिय भएको उनले बताए। यस क्रममा देखिने सामान्य अवरोधलाई स्वाभाविक मान्दै, समग्र प्रक्रिया सही दिशातर्फ अघि बढिरहेको उनको धारणा छ।

विगतमा बनेका सुकुमबासी आयोगहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उल्लेख गर्दै उनले राजनीतिक स्वार्थका कारण समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको टिप्पणी गरे। अहिलेको सरकारले दबाबमुक्त भएर वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनमा ध्यान दिएकोमा उनले सन्तोष व्यक्त गरे।
महर्जनका अनुसार, अबको समाधान दीर्घकालीन हुनुपर्छ। स्पष्ट नीति, ठोस कार्ययोजना र स्थिर सरकारको पहलबाट मात्र सुकुमबासी समस्या ५०–१०० वर्षसम्म नदोहरिने गरी समाधान गर्न सकिने उनको विश्वास छ।

https://www.facebook.com/share/v/1DjH2uBLMj

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.