ललितपुर। ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा स्थानीय बिदा घोषणा गरेको छ।
महानगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार नगरकार्यपालिकाको निर्णय बमोजिम रथ तान्ने क्रममा लगनखेल क्षेत्रमा हुने ‘नरिवल खसाल्ने’ शुभ मुहूर्तको दिनलाई विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका रूपमा लिँदै बिदा दिइएको हो। सो दिन नगरवासीको उल्लेखनीय सहभागिता रहने र परम्परागत रूपमा विशेष उत्सव मनाइने भएकाले महानगरपालिका तथा मातहतका सबै कार्यालयहरू बन्द रहने जनाइएको छ।
सूचनामा उल्लेख भएअनुसार मिति २०८३/०१/१६ गते (नरिवल खसाल्ने शुभ मुहूर्त परेको दिन) ललितपुर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा स्थानीय बिदा रहनेछ। महानगरपालिकाले यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ।
