साहसिक कार्य गर्ने प्रहरी जवानलाई मृतकका आफन्तद्वारा सम्मान

ललितपुर, — कृष्ण मन्दिर क्षेत्रमा भएको एक दर्दनाक घटनापछि साहसिक कार्य गर्ने प्रहरी कर्मचारीलाई मृतकका आफन्तले सम्मान गरेका छन्।

सोही मितिमा सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको बीभत्स हत्या गरी हतियारसहित फरार रहेका अभियुक्तहरूलाई एक्लै पछ्याउँदै नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान शाहाना बोहराको साहस र कर्तव्यनिष्ठाको उच्च मूल्याङ्कन गरिएको हो।

उक्त घटनामा देखाएको बहादुरी र जोखिमपूर्ण परिस्थितिमा पनि कर्तव्य निर्वाह गरेको भन्दै मृतक दाजुभाइका आमा–बुवाले जिल्ला प्रहरी परिसर ललितपुरको सभाहलमा आयोजित कार्यक्रममा नगद रु. ३५,१०५ (पैंतिस हजार एक सय पाँच रुपैयाँ) सहित उनलाई सम्मान गरेका हुन्।

कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरूले प्रहरी जवान बोहराको कार्यलाई उदाहरणीय भन्दै यस्ता कार्यले समाजमा सुरक्षा निकायप्रतिको विश्वास अझ मजबुत बनाउने बताएका थिए। साथै, अपराध नियन्त्रण तथा अनुसन्धानमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न यस्ता सम्मानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.