गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गर्ने व्यक्ति पक्राउ

गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सरकारी गाडी चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८३ जेठ २० गते रातिको समयमा गोदावरी नगरपालिका–१२, दुरिखेलमा पार्किङ गरी राखिएको बा.२ झ १८७८ नम्बरको सरकारी गाडी चोरी भएको थियो। चोरी भएको उक्त गाडी प्रहरीले खोजतलासका क्रममा लुकाइराखेको अवस्थामा फेला पारेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–१४, ठैब निवासी ३३ वर्षीय श्यामभाइ परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

सरकारी प्रयोजनका लागि प्रयोग हुने सवारी साधन चोरी भएको घटनाले स्थानीय स्तरमा चासो बढाएको छ भने प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.