बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

ललितपुर, साउन ४ – बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गोप्य सूचनाका आधारमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको हो।

पक्राउ पर्नेमा खोटाङको रावाबेँशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३० घट्टेकुलो बस्ने ५१ वर्षीय दिपक भट्टराई रहेका छन्। उनलाई बैंकिङ कसुर मुद्दामा अदालतले १२ दिन कैद तथा रु. १२ लाख ६१ हजार जरिवानाको फैसला सुनाएको थियो।

त्यस्तै, सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने २२ वर्षीय इर्फान देवान पनि पक्राउ परेका छन्। उनलाई अदालतले ५ दिन कैद तथा रु. २ लाख ८० हजार जरिवाना हुने फैसला गरेको थियो।

प्रहरीले दुवै प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.