जेनजी आन्दोलनका सहिद विनोद महर्जनको शालिक अनावरण

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी ३४ वर्षीय विनोद महर्जनको शालिक ललितपुरको पाटनस्थित पिन्छें टोलमा अनावरण गरिएको छ।

महर्जनको आन्दोलनको पहिलो दिन २०८२ भदौ २३ गते काठमाडौंको नयाँबानेश्वर चोकमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। उनलाई जेनजी आन्दोलनका प्रथम सहिदका रूपमा स्मरण गरिँदै आएको छ।

आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको स्मृतिमा आयोजित शालिक अनावरण माननिय गृह मन्त्रि सुदन गुरुङ्गले गरेका हुन्।

महर्जनको शालिक निर्माणका लागि ललितपुर क्षेत्र नम्बर २ का सांसद जगदिश खरेलले मुख्य पहल गरेका थिए।शालिक अनावरण कार्यक्रममा बोल्दै खरेलले महर्जनकी आमा लता माया सँगको भेटलाई समेत स्मरण गरे। जेनजी आन्दोलनपछि आफू अन्तरिम सरकारमा जिम्मेवारी लिएर गएलगत्तै महर्जनकी आमालाई भेटेको उनले बताए। उक्त भेटका क्रममा आफूले विनोद महर्जनको शालिक निर्माण गरी उनलाई अमर बनाउने प्रतिबद्धता जनाएको खरेलले उल्लेख गरे।

खरेलले महर्जनको शालिकले विभिन्न भाव अभिव्यक्त गरिरहेको आफूले अनुभूति गरेको बताए। महर्जनको योगदान र बलिदानको स्मरण गर्दै उनको सम्झनालाई जीवित राख्ने उद्देश्यले शालिक निर्माण गरिएको उनको भनाइ थियो।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर ३ वटै क्षेत्रका सांसदहरू क्रमशः जगदिश खरेल, तोसिमा कार्की र बुद्धरत्न महर्जनको उपस्थिति रहेको थियो।

त्यस्तै, बागमती प्रदेशका सांसद, संघीय सांसदहरु, ज्यापु समाजका अध्यक्ष, विभिन्न ब्यक्तित्त्व तथा स्थानीयवासीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

पिन्छें टोलमा निर्माण गरिएको उक्त शालिकलाई महर्जनको योगदान तथा बलिदानको स्मृतिका रूपमा लिइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.