बागमतीका मुख्यमन्त्री थापा मगरद्वारा ललितपुर महानगरको भ्रमण

ललितपुर — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ललितपुर महानगरपालिकाको भ्रमण गर्नुभएको छ। उहाँलाई महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको थियो।

भ्रमणका क्रममा नगर प्रमुख महर्जनले महानगरपालिकाले अपनाएका असल अभ्यास, सेवा प्रवाह तथा पछिल्ला गतिविधिबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो।

मुख्यमन्त्री थापा मगरले हालै बाढी प्रभावित रसुवाको स्थलगत भ्रमणका क्रममा देखिएका अवस्थाबारे जानकारी गराउँदै ललितपुर महानगरपालिकाले स्वास्थ्य, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, सुशासन तथा सम्पदा संरक्षणका क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्नुभएको थियो। यस्ता अभ्यास अन्य स्थानीय तहले समेत अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो।

मुख्यमन्त्री थापा मगरले महानगर प्रहरी बल कार्यालयको समेत अवलोकन गरी नगर प्रहरीले सर्वसाधारणलाई उपलब्ध गराउँदै आएका सेवा, जिम्मेवारी तथा सञ्चालन भइरहेका गतिविधिबारे जानकारी लिनुभएको थियो।

भ्रमणले प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह र विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको महानगरले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.