नयाँ व्यवसायीका समस्या समाधानमा केन्द्रित रोकेश अवालेको ललितपुर उद्योग वाणिज्य संघमा उम्मेदवारी

ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत हुन गइरहेको निर्वाचनमा युवा व्यवसायी रोकेश अवालेले वाणिज्यतर्फबाट कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका छन्।

आगामी असोज २३ र २४ गते हुने मतदानका लागि उम्मेदवारी दिएका अवाले लामो समयदेखि इन्फोवेज कम्प्युटर सिस्टमका सञ्चालक तथा गोल्डेन टेम्पल मल्टिबिजनेस प्रालिका निर्देशकका रूपमा सूचना प्रविधि क्षेत्रमा सक्रिय रहँदै आएका छन्। व्यावसायिक यात्राका साथै विभिन्न संघ-संस्थामार्फत सामाजिक कार्यहरूमा समेत लामो अनुभव बटुलिसकेका अवालेले अबको नेतृत्वमा युवाहरूको सशक्त उपस्थिति हुनुपर्ने धारणा राख्दै आएका छन्।

युवा उद्यमीहरूको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका अवालेले नयाँ व्यवसायीहरूले भोग्नुपर्ने व्यवहारिक तथा कानुनी कठिनाइहरूलाई मुख्य प्राथमिकतामा राखेका छन्। खासगरी नयाँ व्यवसाय कुन निकायमा र कसरी दर्ता गर्ने भन्ने विषयमा स्पष्ट मार्गदर्शन र सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाएका छन्। साथै, साना तथा मझौला व्यवसायीका समस्यालाई सम्बन्धित सरकारी एवं नीतिगत निकायसम्म पुर्‍याएर समाधानका लागि निरन्तर पहल गर्ने, प्रविधिमार्फत व्यापारलाई आधुनिक एवं प्रतिस्पर्धी बनाउने र सहज व्यवसायमैत्री वातावरण निर्माण गर्ने अवालेको मुख्य एजेन्डा रहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.