राजनिति

पद्मकन्या क्याम्पसमा दल निकट संगठन पराजित, स्वतन्त्रको लहर जारी

पद्मकन्या क्याम्पसमा दल निकट संगठन पराजित, स्वतन्त्रको लहर जारी

काठमाडौं । पद्मकन्या क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले सबै पदमा विजयी हासिल गरेका छन्। प्रमुख दलका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियुलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारहरूको प्यानलले पूरै सिटमा जित निकालेको हो। क्याम्पस अध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐरले ७३० मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत प्राप्त गरिन्। सचिव पदमा सन्ध्या बस्यालले ६९५ मत प्राप्त गर्दै जित हासिल गर्दा नेविसंघकी विपना न्यौपाने ३६१ मतमा रोकिइन्। त्यस्तै, कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार संकल्पिका थापा ६६६ मतसहित विजयी भइन् भने नेविसंघकी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भइन्। सदस्य पदमा पनि सबै स्वतन्त्र…
Read More
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४ औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको दू्रत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दूव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गरेका हुन् । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौतीहरू सिर्जना…
Read More
समाजवादी मोर्चाको विरोध प्रदर्शन घोषणा, दुर्गा प्रसाईंको चुनौती

समाजवादी मोर्चाको विरोध प्रदर्शन घोषणा, दुर्गा प्रसाईंको चुनौती

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ। मोर्चाले विभिन्न राजनीतिक, आर्थिक, र सामाजिक मुद्दालाई लिएर सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जनाएको छ। यही बीचमा व्यवसायी तथा राजनीतिक विश्लेषक दुर्गा प्रसाईंले समाजवादी मोर्चाको आन्दोलनप्रति टिप्पणी गर्दै आफ्नो फेसबुकमा चुनौतीपूर्ण प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत मोर्चालाई कुनै पनि आर्थिक स्रोत प्रयोग नगरी तथा कार्यकर्ताहरू किनबेच नगरी १३०० जना मानिस उपस्थित गराएर देखाउन चुनौती दिएका छन्। उनका अनुसार, यस्ता प्रदर्शनहरू बाह्य प्रभाव तथा आर्थिक लगानीबिना सम्भव हुँदैनन् भन्ने…
Read More
राजा महाराजा पाल्नु भनेको बाघ र सर्पलाई दूध खुवाएजस्तै हो – जब ठूलो हुन्छ, डस्नै खोज्छ!

राजा महाराजा पाल्नु भनेको बाघ र सर्पलाई दूध खुवाएजस्तै हो – जब ठूलो हुन्छ, डस्नै खोज्छ!

राजालाई बोकेर मुलुकको विकास हुदैँन्’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । उनले भने, ‘हुदैँ नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आईरहेको थियो । यसको पछाडी जोडिने मान्छेहरुलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होईन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नी, आजको समय व्यक्तिगत…
Read More
आज प्रतिनिधिसभाको बैठक बस्दै, उपभोक्ता अदालत गठन र आमसञ्चार परिषद् विधेयकमाथि छलफल हुने

आज प्रतिनिधिसभाको बैठक बस्दै, उपभोक्ता अदालत गठन र आमसञ्चार परिषद् विधेयकमाथि छलफल हुने

काठमाडौं । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्। त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नुका साथै सो संशोधनलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन्।
Read More
प्रचण्डको प्रतिक्रिया: राजावादी प्रदर्शनबाट डराउँदैनौं

प्रचण्डको प्रतिक्रिया: राजावादी प्रदर्शनबाट डराउँदैनौं

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उनले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए ।उत्तरमा उनले भने,‘ हिजोको प्रर्दशनले केही हल्लाको छैन् । डराउनेवाला पनि छैनौं । त्यत्रो लडाइकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा ।’उनले जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे ।साथै उनले सरकार सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी…
Read More
पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

पूर्वराजाको आगमनमा राजावादीहरूको शक्ति प्रदर्शन

  काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् । पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष…
Read More
मेयर शाहलाई राजीनामा दिएर अभियानमा जोडिन दुर्गा प्रसाईंको आग्रह

मेयर शाहलाई राजीनामा दिएर अभियानमा जोडिन दुर्गा प्रसाईंको आग्रह

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन आग्रह गरेका छन् ।शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन् ।उनले भने,‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा । तपाई महान हुनुहुन्छ । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज आफ्नी नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे…
Read More
संविधान संशोधन राष्ट्रिय आवश्यकताअनुसार गरिन्छ : प्रधानमन्त्री ओली

संविधान संशोधन राष्ट्रिय आवश्यकताअनुसार गरिन्छ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपपूर्व नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभइ राष्ट्रिय आवश्यकतालाई हेरेर…
Read More
संविधानको रक्षा र आवश्यक संशोधन सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.