ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप
ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप ललितपुर । नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ ।ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नम्बर १७ को साबिक सरकारी पर्ती जग्गा मिलाएर छुट दर्ता गर्ने कार्यमा संलग्न रहेको तथ्य समेत उल्लेख गरिएको छ ।२०७० सालमा रमेश बहादुर भट्टराईका नाममा हालको पोखरा उप–महनगरपलिका वडा नं. १७ नक्सा सिट नं. ०९३१०३९०४ कि.नं. २४७ क्षेत्रफल ४०९.५७ बर्ग मी.को जग्गा रमेश बहादुर भट्टराई…
