पाटनको ऐतिहासिक पिम्बहाल पोखरी
ललितपुर । पिम्बहाल पोखरी पाटनको मुटुमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदामध्ये एक महत्वपूर्ण धरोहरका रूपमा परिचित रहेको छ। करिब १४औँ शताब्दीमा निर्माण भएको मानिने यो पोखरी आज पनि नेवारी सभ्यता, संस्कृति र समुदायको पहिचान बोकेर उभिएको छ। स्थानीय किंवदन्तीअनुसार पोखरी लाखेहरूले निर्माण गरेको विश्वास गरिन्छ। एक कथाअनुसार गयाबजेको आदेशपछि लाखेहरूले रातारात पोखरी खनेका थिए भने अर्को कथामा लाखेको श्रीमतीलाई पानी ल्याउन टाढा जानुपर्ने समस्या भएपछि पोखरी निर्माण गरिएको उल्लेख छ। इतिहासकारहरूले भने मल्लकालमा पानीको अभाव समाधान गर्न पोखरी निर्माण गरिएको बताएका छन्। पोखरी परिसरमा रहेको चण्डेश्वरी मन्दिर तथा प्राचीन अशोक स्तूप ले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्व अझ बढाएको…
