ललितपुरको सन्देश

बागमतीका मुख्यमन्त्री थापा मगरद्वारा ललितपुर महानगरको भ्रमण

बागमतीका मुख्यमन्त्री थापा मगरद्वारा ललितपुर महानगरको भ्रमण

ललितपुर — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ललितपुर महानगरपालिकाको भ्रमण गर्नुभएको छ। उहाँलाई महानगरका नगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा नगर प्रमुख महर्जनले महानगरपालिकाले अपनाएका असल अभ्यास, सेवा प्रवाह तथा पछिल्ला गतिविधिबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो। मुख्यमन्त्री थापा मगरले हालै बाढी प्रभावित रसुवाको स्थलगत भ्रमणका क्रममा देखिएका अवस्थाबारे जानकारी गराउँदै ललितपुर महानगरपालिकाले स्वास्थ्य, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, सुशासन तथा सम्पदा संरक्षणका क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्नुभएको थियो। यस्ता अभ्यास अन्य स्थानीय तहले समेत अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो। मुख्यमन्त्री थापा मगरले महानगर प्रहरी बल कार्यालयको समेत अवलोकन गरी नगर प्रहरीले…
Read More
त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालक दावा लामाको मृत्यु

त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालक दावा लामाको मृत्यु

काठमाडौं — त्रिपुरेश्वरमा बस आगलागीमा परी गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा गम्भीर घाइते भएका लामालाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार आगलागीमा लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यात्रुहरू बसबाट ओर्लिएपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने देखिएको छ। आगलागीअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको विवरणसमेत सार्वजनिक भएको छ। घटनाको वास्तविक कारण तथा घटनाक्रमबारे…
Read More
झम्सिखेलमा छैटौँ दशैँ खसी कप, खेलकुदसँगै सामाजिक सेवामा जोड

झम्सिखेलमा छैटौँ दशैँ खसी कप, खेलकुदसँगै सामाजिक सेवामा जोड

ललितपुर । सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय झमेल रक्स युवा समूह, झम्सिखेलको आयोजनामा छैटौँ संस्करणको ‘दशैँ खसी कप’ आयोजना हुने भएको छ। ललितपुर महानगरपालिका–२ नम्बर वडा कार्यालयको विशेष सहकार्यमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ। युवाबीच भाइचारा, आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने तथा युवालाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो। दशैँ पर्वलाई खेलकुद तथा सामाजिक गतिविधिसँग जोड्दै युवालाई सकारात्मक र रचनात्मक कार्यमा सहभागी गराउने आयोजकको लक्ष्य छ। आयोजकका अनुसार प्रतियोगिता खेलकुदमा मात्र सीमित छैन। विगतका संस्करणबाट प्रतियोगिता सञ्चालनको खर्च कटाएर बाँकी रहेको रकम सामाजिक कार्यमा समेत…
Read More
पर्यटक र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ललितपुरमा निःशुल्क विद्युतीय सटल बस सञ्चालन गरिने

पर्यटक र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ललितपुरमा निःशुल्क विद्युतीय सटल बस सञ्चालन गरिने

ललितपुर — ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पाटनका प्रमुख सम्पदा क्षेत्रबीच आवतजावत सहज बनाउने तथा वातावरणमैत्री सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले यस्तो सेवा सञ्चालन गर्न लागेको हो। महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार दसैँअघि नै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रस्तावित सटल बस सेवा पुल्चोक र पाटनढोकाबाट सञ्चालन गरी पाटन दरबार स्क्वायर, महाबौद्ध, लगनखेललगायतका प्रमुख सम्पदा तथा पर्यटकीय क्षेत्रलाई जोड्ने तयारी गरिएको छ। विशेषगरी पाटन दरबार स्क्वायर भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहज आवतजावतको सुविधा उपलब्ध…
Read More
जेनजी आन्दोलनका सहिद विनोद महर्जनको शालिक अनावरण

जेनजी आन्दोलनका सहिद विनोद महर्जनको शालिक अनावरण

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी ३४ वर्षीय विनोद महर्जनको शालिक ललितपुरको पाटनस्थित पिन्छें टोलमा अनावरण गरिएको छ। महर्जनको आन्दोलनको पहिलो दिन २०८२ भदौ २३ गते काठमाडौंको नयाँबानेश्वर चोकमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो। उनलाई जेनजी आन्दोलनका प्रथम सहिदका रूपमा स्मरण गरिँदै आएको छ। आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको स्मृतिमा आयोजित शालिक अनावरण माननिय गृह मन्त्रि सुदन गुरुङ्गले गरेका हुन्। महर्जनको शालिक निर्माणका लागि ललितपुर क्षेत्र नम्बर २ का सांसद जगदिश खरेलले मुख्य पहल गरेका थिए।शालिक अनावरण कार्यक्रममा बोल्दै खरेलले महर्जनकी आमा लता माया सँगको भेटलाई समेत स्मरण गरे। जेनजी आन्दोलनपछि आफू…
Read More
चिरीबाबुको अभिव्यक्तिप्रति आशिकाको प्रश्न : ‘फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न कुन सरकारले रोक्यो?’

चिरीबाबुको अभिव्यक्तिप्रति आशिकाको प्रश्न : ‘फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न कुन सरकारले रोक्यो?’

ललितपुर । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई लिएर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीचको विवाद थप चर्किएको छ। फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मेयर महर्जनले नेपाल सरकार र फिनिस कम्पनीबीचको सम्झौताका कारण स्थानीय तहले आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्न नसकेको आशय व्यक्त गरेपछि सांसद तामाङले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गरेकी हुन्। यस विषयमा बैठकमै समेत तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको थियो। तामाङले आफ्नो फेसबुक पोस्टमा मेयर महर्जनको भनाइ उद्धृत गर्दै प्रश्न गरेकी छन्, ‘फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न तपाईँहरूलाई कुन सरकारले रोकेको थियो त त्यो बेला मेयरहरूलाई?’ उनले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा…
Read More
भारत सरकारको आर्थिक अनुदानमा कुमारी छेँ तथा नयाँ कुमारी निवास भवनको उद्घाटन

भारत सरकारको आर्थिक अनुदानमा कुमारी छेँ तथा नयाँ कुमारी निवास भवनको उद्घाटन

ललितपुर । भारत सरकारको आर्थिक अनुदानमा ललितपुर महानगरपालिका वडा नं. १६ मा निर्माण सम्पन्न भएको श्री कुमारी छेँ तथा नयाँ कुमारी निवास भवनको भव्य उद्घाटन गरिएको छ। भवनको उद्घाटन माननीय जगदीश खरेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गरेका हुन्। ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको कुमारी परम्पराको संरक्षण र निरन्तरताका लागि नयाँ भवन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनले स्थानीय मौलिक संस्कृति, परम्परा तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, संस्कृति तथा सम्पदा क्षेत्रका व्यक्तित्वलगायतको सहभागिता रहेको थियो।…
Read More
ललितपुर मालपोतमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको छड्के, १४ कर्मचारी अनुपस्थित

ललितपुर मालपोतमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको छड्के, १४ कर्मचारी अनुपस्थित

लगनखेलस्थित मालपोत कार्यालयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले छड्के अनुगमन गर्दा कार्यालय प्रमुखसहित १४ कर्मचारी अनुपस्थित भेटिएका छन्। गत साउन १९ गते बिहान ९ बजेपछि बेन सेवाग्राहीको रूपमा मालपोत कार्यालय पुगेका थिए। केही समय कार्यालयमा बसेर उनले विभिन्न शाखा र कर्मचारीका कार्यकक्षको निरीक्षण गरेका थिए। अनुगमनका क्रममा अधिकांश कार्यकक्ष खाली देखिएपछि बेनले त्यसको भिडियोसमेत खिचेका थिए। करिब १२ सेकेन्डको उक्त भिडियो उनले तत्काल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावललाई पठाएको बताइएको छ। बेनले छड्के अनुगमनका क्रममा आफ्नो परिचय भने खुलाएका थिएनन्। कार्यालय प्रमुख छवि नेपालीले भने आफू कार्यालय जाने क्रममा बाटोमै रहेको बताएका छन्। उनका अनुसार अनुगमन भएको…
Read More
बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

ललितपुर, साउन ४ – बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गोप्य सूचनाका आधारमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको हो। पक्राउ पर्नेमा खोटाङको रावाबेँशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३० घट्टेकुलो बस्ने ५१ वर्षीय दिपक भट्टराई रहेका छन्। उनलाई बैंकिङ कसुर मुद्दामा अदालतले १२ दिन कैद तथा रु. १२ लाख ६१ हजार जरिवानाको फैसला सुनाएको थियो। त्यस्तै, सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने २२ वर्षीय इर्फान देवान पनि पक्राउ परेका छन्। उनलाई अदालतले ५ दिन…
Read More
विश्वकप फाइनलअघि ललितपुर प्रहरीको विशेष अपिल, सभ्य र सुरक्षित रूपमा खेल हेर्न आग्रह

विश्वकप फाइनलअघि ललितपुर प्रहरीको विशेष अपिल, सभ्य र सुरक्षित रूपमा खेल हेर्न आग्रह

ललितपुर। जारी विश्वकप २०२६ को फाइनल खेललाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर ललितपुरले खेलप्रेमीहरूलाई संयमित र जिम्मेवार भएर खेल हेर्न आग्रह गरेको छ। खेलको उत्साहका बीच कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले सार्वजनिक सूचना जारी गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न सबैसँग सहयोग मागेको हो। प्रहरीले सार्वजनिक गरेको सूचनामा खेल हेर्दा अरूलाई असर नपर्ने गरी शान्तपूर्वक बस्न, हो–हल्ला तथा झैझगडा नगर्न र हार–जितका नाममा पैसाको बाजी तथा अनलाइन बेटिङजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ। त्यस्तै, खेल सकिएपछि अनावश्यक रूपमा मोटरसाइकल वा सवारीसाधनमा हुल बाँधेर ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गरी सवारी चलाउने तथा सार्वजनिक शान्ति भंग हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.