पशु सेवा कार्यालयको जग्गा अदालतलाई दिन नहुने सरोकारवालाको माग
ललितपुर, पुस २९ — काठमाडौँ उपत्यकाका तीन जिल्लाका किसानलाई सेवा दिँदै आएको ललितपुरको लगनखेलस्थित पशु सेवा कार्यालयको जग्गा तथा भवन जिल्ला अदालतलाई हस्तान्तरण गर्न नहुने सरोकारवाला निकायहरूले माग गरेका छन्। विसं २००६ मा स्थापना भएको उक्त कार्यालयले पछिल्लो ७६ वर्षदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानलाई पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कार्यालयबाट पशु चिकित्सा उपचार, रोग निदान प्रयोगशाला, कृत्रिम गर्भाधान तथा प्रजनन सेवा, पशु कल्याण प्रवर्धन, मत्स्य उत्पादन तथा प्रवर्धनजस्ता सेवा सञ्चालन हुँदै आएका छन्। बागमती प्रदेश सरकारले पशु सेवा कार्यालय रहेको जग्गामा जिल्ला अदालतको भवन निर्माण गर्ने र त्यसको सट्टामा ललितपुर महानगरपालिकाले अन्यत्र छ रोपनी तीन आना जग्गा उपलब्ध…
