लागू औषध सहित ४ जना पक्राउ
ललितपुर, अवैध लागू औषधको खरिद–बिक्रीमा संलग्न ४ जना व्यक्तिलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूसँग ७५० थान Nitrazepam ट्याब्लेट र ८.५ किलोग्राम गाजा बरामद भएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग गोदावारीबाट खटिएको संयुक्त प्रहरी टोलीले महालक्ष्मी नगरपालिका वडा नं. ०८ लुभू बसपार्क र गोदावारी नगरपालिका वडा नं. ०२ पात्लेछापमा एकैसाथ छापामारी कारबाही गरेको हो । पक्राउ परेका को–को ? प्रहरीले लामाटार, ललितपुरका पुरुषोत्तम चौलागाई (२४), सिनामंगल, काठमाडौं बासिन्दा तर मूलघर सिन्धुलीका अविषेक थापा (२५), मूलघर धनकुटा भई हाल ललितपुरकै महालक्ष्मी नगरपालिकामा बस्दै आएका सुनिल राई (२७) र…
