ललितपुरको सन्देश

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने : ‘यो सिंगो ललितपुरको जित हो’

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने : ‘यो सिंगो ललितपुरको जित हो’

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् ।आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए ।खरेलले भने, ‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन…
Read More

गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विष्टले सार्वजनिक पदको दुरुपयोग गर्दै वैधानिक आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार अनुसन्धानका क्रममा सुवास विष्टले सार्वजनिक सेवामा प्रवेश गरेपछिको अवधिमा वैधानिक आयका स्रोतभन्दा धेरै खर्च तथा लगानी गरेको देखिएको छ। विभिन्न आम्दानी स्रोत देखाइए पनि ती आम्दानीले सम्पत्ति आर्जनको स्रोत पुष्टि गर्न नसकेको आयोगको निष्कर्ष छ। अनुसन्धानबाट सुवास विष्टले कुल रु. १ करोड ७७ लाख १० हजार ५७६ रुपैयाँ ६३ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको प्रमाणित भएको अख्तियारले जनाएको…
Read More
निर्वाचन विशेष | ललितपुर–२ को चुनावी मैदानमा फरक धारका उम्मेदवारहरु

निर्वाचन विशेष | ललितपुर–२ को चुनावी मैदानमा फरक धारका उम्मेदवारहरु

ललितपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा ललितपुर क्षेत्र नं. २ का मतदाता यस पटक उम्मेदवारभन्दा पनि एजेन्डामा केन्द्रित देखिन थालेका छन्। नेवाः सभ्यता र सांस्कृतिक पहिचानको सवालदेखि शहरी विकास, सुशासन र रोजगारीसम्मका मुद्दाले चुनावी बहसलाई निर्देशित गरिरहेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। फरक राजनीतिक पृष्ठभूमि बोकेका उम्मेदवारहरूले मतदाताको विश्वास जित्न आ–आफ्ना प्राथमिकता प्रस्तुत गरिरहेका छन्। रास्वपाका उम्मेदवार एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेवाः सभ्यता, मठमन्दिर र सांस्कृतिक सम्पदाको संरक्षणलाई केन्द्रमा राख्दै आफूलाई परिवर्तन र सुशासनको पक्षधरका रूपमा प्रस्तुत गर्नुभएको छ। मन्त्री पदबाट…
Read More
लागुऔषध गाँजा र चरेशसहित ९ जना नियन्त्रणमा

लागुऔषध गाँजा र चरेशसहित ९ जना नियन्त्रणमा

ललितपुर । ललितपुर महानगरपालिका–२३ हरिसिद्धि क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।१०।१६ गते दिउँसो करिब २ बजे प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सुमन खड्कालाई चेकजाँच गर्दा सेतो प्लाष्टिकको प्याकेटभित्र गाँजाबाट बनेको ‘पोल्याण्ड’ जस्तो देखिने लागुऔषध फेला पारेको थियो। प्रारम्भिक सोधपुछका क्रममा खड्काले उक्त पदार्थ हात्तिवनस्थित एक क्याफेबाट खरिद गरेको बताएका थिए। उनकै बयानका आधारमा प्रहरी टोलीले ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित राकेश देउलाले सञ्चालन गरेको क्याफेमा खानतलासी गर्दा लागुऔषध गाँजा, नगद रकम तथा अन्य सामग्री बरामद गरेको हो। त्यसपछि क्याफे सञ्चालकका छोरा विकेश देउलासँग सोधपुछ गर्दा उक्त लागुऔषध परिवारले बाफलस्थित भाडाको…
Read More
जनताले रास्वपालाई बहुमतको मौका दिनुहुन्छ’ : डा. तोषिमा कार्की

जनताले रास्वपालाई बहुमतको मौका दिनुहुन्छ’ : डा. तोषिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् । उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् । कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु’ उनले भनिन् । आफू राजनीतिमा आउनुको मुख्य…
Read More
ललितपुर–२ मा एमाले उम्मेदवारको जमानत जफत हुने दाबी

ललितपुर–२ मा एमाले उम्मेदवारको जमानत जफत हुने दाबी

ललितपुर । नेकपा एमाले ललितपुर जिल्लाका नेता सरोज सिंह डङ्गोलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीति फागुन २१ गतेपछि पूर्ण रूपमा समाप्त हुने कडा चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा डङ्गोलले ओलीको घृणित स्वभाव, तानाशाही सोच र चरम दम्भका कारण एमाले आज गहिरो राजनीतिक सङ्कटमा फस्दै गएको दाबी गरे। ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का नेता डङ्गोलले हाल एमालेबाट जसरी पनि टिकट हात पारेका उम्मेदवारहरूलाई “ओलीका अन्ध समर्थक र दास”को संज्ञा दिँदै उनीहरूसँग जनताका सवालमा बोल्ने कुनै हैसियत नरहेको आरोप लगाए। उनका अनुसार ती उम्मेदवारहरू एजेन्डाविहीन छन् र चुनाव जित्ने नाममा केवल ओलीलाई शक्तिशाली बनाउने काममा मात्र सीमित छन्। डङ्गोलले ललितपुरका…
Read More
पूर्व सञ्चारमन्त्री जगदीश खरेल रास्वपामा प्रवेश, ललितपुर–२ बाट उम्मेदवारी दर्ता

पूर्व सञ्चारमन्त्री जगदीश खरेल रास्वपामा प्रवेश, ललितपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कार्यवाहक सरकारको मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गरेको भोलिपल्टै खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। तर खरेलको ललितपुर–२ मा आकस्मिक प्रवेशले पार्टीभित्रै असन्तोष सिर्जना गरेको छ। यसअघि सोही निर्वाचन क्षेत्रबाट रास्वपाको उम्मेदवार बन्ने दौडमा बुद्धरत्न महर्जन थिए। महर्जनलाई पछि पार्दै खरेलले टिकट पाएपछि पार्टीको स्थानीय कमिटीमा असन्तुष्टि देखिएको बताइएको छ। खरेलले ललितपुर–२ को टिकट पाएपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मन्त्री बन्नुअघि उनी नेपाली कांग्रेसका सक्रिय नेता थिए। खरेलको पार्टी…
Read More
विकास खर्च सुस्त, ललितपुर महानगरको पुँजीगत खर्च २४ प्रतिशत

विकास खर्च सुस्त, ललितपुर महानगरको पुँजीगत खर्च २४ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाको आठौँ नगरसभा (हिउँदे नगरसभा) आइतबार सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को हालसम्म पुँजीगत खर्च २४ प्रतिशतमा सीमित रहेको विषय प्रमुख रूपमा उठेको छ, जसले महानगरको विकास खर्च अपेक्षाअनुसार अघि बढ्न नसकेको संकेत गरेको छ। नगरसभाको उद्घाटन सत्रमा महानगर प्रमुख चिरिबाबु महर्जनले जेन–जी प्रदर्शन र प्रतिनिधिसभा निर्वाचनका कारण विकास बजेट कार्यान्वयनमा अवरोध आएको बताए। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका योजना र कार्यक्रम सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे। पुँजीगत खर्च नै विकास प्रगतिको मुख्य सूचक भएको उल्लेख गर्दै महर्जनले अघिल्ला वर्षको अनुभवअनुसार आर्थिक वर्षको पछिल्लो छ महिनामा खर्चको गति बढ्ने दाबी…
Read More
ललितपुरमा एमालेले दुई क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, एक ओलीको हातमा

ललितपुरमा एमालेले दुई क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, एक ओलीको हातमा

ललितपुर । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ भने एक क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकबाट ललितपुरका लागि चेतनाथ सञ्जेल र प्रेमबहादुर महर्जन उम्मेदवारका रूपमा सिफारिस भएका छन्। बाँकी एक निर्वाचन क्षेत्रमा भने पार्टी नेतृत्वले रणनीतिक निर्णय गर्दै अध्यक्ष ओलीलाई अन्तिम निर्णयको जिम्मा दिएको हो।पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाइसकिएको छ भने केही क्षेत्रमा मात्र निर्णय बाँकी छ। एमालेले उम्मेदवार टुङ्ग्याउने क्रमसँगै संगठन परिचालन र चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ।आउँदो फागुन…
Read More
डा. तोसिमा कार्की ललितपुर–३ बाटै उम्मेदवार, रास्वपामै सक्रिय रहने घोषणा

डा. तोसिमा कार्की ललितपुर–३ बाटै उम्मेदवार, रास्वपामै सक्रिय रहने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी छोड्न लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूलाई खण्डन गर्दै आफू रास्वपामै रहने स्पष्ट पारेकी छन्। उनले ती अफवाह झुटा, कपोकल्पित र भ्रम सिर्जना गर्ने खालका रहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै डा. कार्कीले रास्वपालाई वैकल्पिक मात्र नभई मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी बनाउने लक्ष्यसहित सुरुदेखि नै आफू सक्रिय रहेको उल्लेख गरेकी छन्। संगठन विस्तारका क्रममा आफू देशका ६० जिल्ला पुगेको र विदेशमा समेत प्रवास विभाग गठनमा भूमिका खेलेको उनको भनाइ छ। ‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी रास्वपा हो। त्यसैले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.