ललितपुर महानगरपालिकामा तीन सय मेलमिलापकर्ता
ललितपुर । ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ । आइतबारदेखि अर्को चरणको तालिम सुरु भएको छ । महानगरपालिकाले विभिन्न चरणमा तालिम र आधारभूत सीप प्रदान गरी मेलमिलापकर्ताहरु तयार गरेको हो । यसपटक दुई समूहमा गरी ५४ जना सहभागी छन् । आठ दिनसम्म चल्ने यो तालिम चालु आर्थिक वर्षको अन्तिम तालिम हो । तालिमको उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मुख्य न्यायाधीश निरौलाले विवादरहित समाजको कल्पना गर्न नसकिने भन्दै विवाद समाधानको उपाय हुने बताए । पछिल्लो समयमा मेलमिलाप गराएर विवाद समाधान गर्न थालिएको बताए ।…
