GenZ आन्दोलनमा क्षतिग्रस्त चापागाउँ प्रहरी भवन पुनर्निर्माण शुरु, २ करोड ५० लाखको शिलान्यास सम्पन्न
प्रदेश सरकार, गोदावरी नगरपालिका र स्थानीय नागरिकको संयुक्त पहलमा बागमती प्रदेशको बहुवर्षीय बजेटबाट २.५ तल्लाको आधुनिक भवन बन्ने ललितपुर — GenZ आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त चापागाउँ, ललितपुरको कार्यालय भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम हालसालै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, गोदावरी नगरपालिका र स्थानीय नागरिकहरूको संयुक्त सहयोगमा २ करोड ५० लाख रुपियाँ अनुमानित लागतमा उक्त भवन निर्माण गरिने भएको छ। प्रहरी वृत्त चापागाउँको कार्यालय भवन पुनःनिर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। GenZ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त भवन प्रदेश सरकार, गोदावरी नगरपालिका तथा स्थानीय नागरिकहरूको सहकार्यमा पुनःनिर्माण हुन लागेको हो। करिब २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको २.५ तल्ले…
